कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।
केही दिनअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा त्यसलाई ठाडै अस्वीकार गर्दै देउवाले साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिएका थिए ।
२०७६ फागुन मसान्तमा देउवाको कार्यकाल सकिन्छ । असाधारण स्थितिमा थप एक वर्ष बढाउन मिल्ने व्यवस्था पार्टीको विधानमा छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा भने साढे ५ वर्षको अवधि छ । देउवाले त्यही व्यवस्थामा टेकेर पौडेललाई जवाफ दिएका हुन् ।
विशेष परिस्थिति नपरी कार्यकाल बढाउनु अनैतिक हुने धारणा पौडेल पक्षले राख्दै आएको खबर कुलचन्द्र न्यौपानेको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।