newskoseli.Com

‘खाना पकाउने ग्यास पर्याप्तै छ, अभाव हुँदैन’ : आयल निगमको प्रष्टोक्ति

खाना पकाउने ग्यास उद्योगहरुमा पर्याप्त स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् ।

हल्लाका पछि नलाग्न ती निकायले उपभोक्तालाई आग्रह पनि गरेका छन् । कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारदेखि ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर/पीडीओ) नउठाएपछि ग्यासको अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खालि सिलिन्डर भर्न थालेकाले उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन् ।

सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने निगम र उद्योगीले स्पष्ट पारेका हुन् । शुक्रबारदेखि पीडीओ नउठाए पनि पुरानो पीडीओका आधारमा सोमबार पनि ग्यास बुलेटले इन्डियन आयल कर्पोरेसन (आर्इओसी) को बरौनी, मथुरा, हल्दियालगायतका रिफाइनरीबाट ग्यास लोड गरेको निगमले जनाएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर