पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै फागुनको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।
भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् ।
उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्कंदै छिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।
स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषय तथा भारतीय उच्चपदस्थ अधिकारीहरुसँगको भेटघाटमा पनि विस्तारित हुने खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।