newskoseli.Com

नेपालको नयाँ नक्सा सार्वजनिक : कालापानी र लिपुलेक समेटियो, लिम्पियाधुरा छुट्यो !

सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । कालापानी, लिपुलेकसहित संघीय संरचनावमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बताए । तीन वटा प्रदेशको नामकरण सहितको नक्सा प्रकाशन गरिएको जानकारी भट्टले दिए ।

विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पियाधुरालगायत भारतले मिचेका केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए । नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम समेटिएको छ । प्रदेश– १, प्रदेश– २, प्रदेश– ३ र प्रदेश– ५ को नामकरण भएको छैन ।

त्यसैले नक्सामा यी चार प्रदेशको नाम राखिएको छैन । नक्सामा सात वटै प्रदेश, प्रदेशका राजधानी, प्रमुख राजमार्ग, सहर सीमा, निकुञ्ज, नदी र प्रमुख ठाउँ समेटिएको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर