newskoseli.Com

अस्पतालमा फैलँदो बिरामीको व्यापार : सरकारीमा भन्दा निजीमा १५ गुणा बढी महँगो

वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा २ सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १ हजार ५ सय, नर्भिकमा २ हजार, ग्रान्डीमा २ हजार ९० र मेडिसिटीमा ३ हजार २ सय ५० रूपैयाँ तिर्नुपर्छ ।

क्याबिन लिएमा वीर अस्पतालमा १ हजार र शिक्षण अस्पतालमा १ हजार ४ सय रूपैयाँ तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८ हजार, बयोधामा ८ हजार ५ सय, मेडिसिटीमा १० हजार र ग्रान्डीमा १० हजार २ सय ८३ रूपैयाँ तिर्नुपर्छ । पैसा तिर्न सक्ने बिरामीका लागि अस्पतालहरुमा विशेष व्यवस्था पछि छ ।

वीर अस्पतालमा भीभीआर्इपी बेडको ३ हजार रुपैयाँ शुल्क छ, बयोधामा ए सुइटको १५ हजार, मेडासिटीमा २७ हजार, ग्रान्डीमा २८ हजार २४ र नर्भिकमा रिगत सुइटको ४५ हजार रूपैयाँसम्म तिर्नुपर्छ । यसरी सरकारीभन्दा निजी अस्पतालका बेडमा समेत १५ गुणा बढी शुल्क तिर्नुपर्छ ।

बिरामीलाई आर्इसीयूमा राख्नु परेमा शिक्षणमा १ हजार १ सय र वीरमा ३ हजार रूपैयाँ तिरे पुग्छ । तर, बयोधामा ८ हजार ५ सय, नर्भिकमा ८ हजार ७ सय ५०, ग्रान्डीमा १६ हजार ९ सय ५० र मेडिसिटीमा २१ हजार रूपैयाँ तिर्नुपर्ने खबर अर्जुन अधिकारीको बाइलाइनमा नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर