newskoseli.Com

‘विप्लवलाई राजनीतिक व्यवहार नगर्नू’ : सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग ‘राजनीतिक व्यवहार नगर्न’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सुर्खेतमा आयोजित तीन दिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने गृहमन्त्री थापाले बताए ।

तीन वटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएको खबर कलेन्द्र सेजुवालको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर