newskoseli.Com

भारतबाट हतियार र विस्फोटक भित्र्याउँदै नेकपा (विप्लव) : तत्कालीन माओवादीको संयन्त्र प्रयोग !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ । उक्त पार्टीले केही दिनदेखि मुलुकका विभिन्न ठाउँमा ‘आतंक’ मच्चाउँदै आएको छ ।

खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भारतबाट भित्रिएको दाबी प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले गरेका छन् । द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले नेकपा (विप्लव) ले प्रयोग गरिरहेको उनले बताए । विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको सुवेदीले बताए ।

प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने– ‘द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए । अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ ।’

नेपालमा चर्कंदै जान थालेको अर्को द्वन्द्वबारेको यो खबर सुवास गोतामेको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर