newskoseli.Com

सीके राउतसँग फस्यो सरकार : सहमतिलगत्तै ‘स्वतन्त्र मधेस’ कै गतिविधिमा सक्रिय

नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सीके राउतको समूहले ‘स्वतन्त्र मधेस’ को झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।

आइतबार जनकपुर पुगेका राउतलाई उनका समर्थकहरूले ‘स्वतन्त्र मधेस’ को नारा लगाउँदै स्वागत गरेका छन् । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भीआर्इपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए ।

सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा ‘स्वतन्त्र मधेस’ को पक्षमा विभिन्न नारा लगाएका थिए । प्रहरी भने मूकदर्शक रहेको खबर हदिश खुद्दार, शुरोजंग पाण्डेनवराज मैनालीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर