ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका– ४ स्थित कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (ईसीडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् ।
अर्को बालकले खाइरहेको बिस्कुट उनीहरुलाई दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।
आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई सुनाएपछि बाहिरिएको हो । ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट् भनेर सरले भन्नुभएछ, बिस्कुटको आसमा मेरो छोराले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा भनिन्– ‘छोराले घरमा आएर भनेपछि थाहा पाइयो ।’
शिक्षकजस्तो मर्यांदित पेशाका मान्छेले गरेको हद दर्जाको अमानवीय व्यवहारसम्बन्धी यो खबर पूर्णप्रसाद न्यौपानेको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।