newskoseli.Com

विप्लव नेकपाविरुद्ध सेना परिचालन ! नेता–कार्यकर्ता खोज्दै गाउँ पसे सैनिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता खोज्न भन्दै नेपाली सेना गाउँ पसेको छ ।

रणसुर गुल्मका सेनानी अमृत थापा मगरको नेतृत्वमा एक सैनिक टोली ‘विप्लव समूहका गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन’ भन्दै गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान पनि मिसिएर गाउँ पसेका छन् ।

कालिकोट जिल्ला विप्लव नेकपाका पकडक्षेत्र मानिन्छ । यहाँ नेकपालेविभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रुपमा गाउँमा केन्द्रित भएको हो । जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको गुल्मपति थापामगरले बताए ।

उनले भने– ‘तीन वटै सुरक्षा निकायको गस्तीसहित बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’ सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँकेन्द्रित भएपछि गाउँले त्रसित भएका छन् ।

०५२ पछिको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा रहेको खबर विस्नुप्रसाद न्यौपानेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर