newskoseli.Com

‘बाहिरी चक्रपथ’ को नक्सा बदल्ने तयारी : कारण– आर्थिक स्रोतले थेग्न नसक्ने

‘बाहिरी चक्रपथ’ को विद्यमान नक्सा फेरबदल गर्ने तयारी सरकारले गरेको छ । ‘आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने’ जानकारी सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले दिए ।

संसद्को विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले भने– ‘विगतमा विभिन्न स्वार्थ–समूहको चलचेखमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुन्छ ।’

घना वस्ती र टुक्रा जग्गा भएको स्थानबाट बाहिरी चक्रपथ परियोजना अघि बढाइए राज्यको आर्थिक स्रोतले थेग्न नसक्ने दाबी समेत मन्त्री राईले गरेको खबर सोमबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर