newskoseli.Com

पुष्पलालको जन्मस्थल रामेछापमा मनाइँदै नेकपाको स्थापना दिवस

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछापको भंगेरीमा स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

सो पार्टीको ३ नम्बर प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा भंगेरीमा कार्यक्रम आयोजना गरिएको ३ नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले बताए ।

पार्टी स्थापना दिवस वैशाख ९ मा प्रदेश कमिटीका सबै सदस्यहरुलाई अनिवार्य रुपमा सहभागी हुन बैठकले निर्देशित गरेको जानकारी उनले दिए । नेकपाको ३ नम्बर प्रदेश कमिटीका २ सय २१ जना सदस्य नै भंगेरीमा सहभागी हुनेछन् भने प्रदेश कमिटीले ३ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका १ सय १० जना केन्द्रीय सदस्यहरुलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

पार्टी एकीकरण भएपछिको पहिलो पार्टी स्थापना दिवस प्रदेश कमिटीले पुष्पलालको जन्मभूमिमा मनाउन लागेको हो । उसो त कम्युनिस्ट पार्टीले नै पहिलो पटक पुष्पलालको जन्मभूमिमा ठूलो कार्यक्रम आयोजना गर्न लागेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर