newskoseli.Com

भीषण हावाहुरीबारे मौसमविदहरु नै अन्जानमा !

बारा र पर्साम आइतबार राति आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविदहरु नै अन्जान देखिएका छन् ।

ठूलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अन्योल र अलमलमा परेका हुन् । ‘हावाहुरी कस्तो प्रकृतिको थियो र यसलाई के नाम दिने भन्नेमा हामी अन्योलमा छौं, यसका लागि हामीले तथ्यांक (डाटा) मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने– ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौं ।’

विनाशकारी हावाहुरीबारे सरोकारवाला निकायको लाचारीबारेको यो खबर आकाश क्षेत्रीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर