newskoseli.Com

जिउँदालाई ‘मृत’ घोषणा गरिएपछि आफू ‘नमरेको’ प्रमाणित गर्नै हैरान !

मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् । तर, उनको राहदानीमा भने करिव चार वर्ष पहिले नै ‘मृतक’ भनी छाप लागेको छ ।

त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भईवरी तामाङ संस्कारअनुसार उनको काजकिरिया (घेवा) समेत भइसकेको छ । झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले आफूलाई ‘जिउँदो’ प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसम्म हारगुहार गरिरहेका छन् ।

साउदी अरबको किङ अजिज अब्दुल अस्पतालले हुन्डाई कम्पनीका काम गर्ने सुवाससहित चार जनालाई दुर्घटनाको भोलिपल्टै मृत्यु भएको घोषणा गरिदिएकाले उनी यो समस्यामा परेको खबर सीता शर्माको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर