प्रदेश– ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरीत आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ ।
संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २–२ योजनालाई १–१ करोड रकम विनियोजन गर्न लागिएको हो । प्रदेशसभा– ३ मा १ सय ९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदलगायतसँग चैत १९ गते मंगलबार छलफल चलाएको छ ।
यसरी संसद छलेर र आफ्नै नीति तथा कार्यक्रमका विपरीत रकम बाँड्ने तयारी भैरहँदा आफूले पनि भाग पाउने भएपछि प्रमुख विपक्षी कांग्रेसलगायतका दल पनि मौन रहेको खबर नगेन्द्र अधिकारीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।