सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने नेपाल मिडिया सोसाइटीले जनएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रशारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने सोसाइटीले जनाएको हो ।
‘मिडिया विश्वास र आस्थाको पुँजी हो, सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुने छैनन्, दुस्वप्न नदेखे हुन्छ’– सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सरकार मिडिया सिध्याउने खेलमा लागेको’ आरोप सोसाइटीले लगाएको छ ।
प्रेसविरोधी र प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशन तत्काल सच्याउन सोसाइटीले सरकारलाई आग्रह गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।