newskoseli.Com

सुब्बा सा’पको यत्रो ‘औकात’ !

निजामती सेवामा सानै पद मानिन्छ नायब सुब्बा । यिनको तलब २४ हजार ५ सय मात्रै छ ।

तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठूलठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ ।

यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौंको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ । लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ ।

तीनै जनाको मुद्दा अदालतमा विचारधीन रहेको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर