भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् ।
चैत २८ मा भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ देखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सुरक्षा बैठकले उक्त निर्णय गरेको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।