पार्टी छाडेर गएका नेता–कार्यकर्ताको कांग्रेसले खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो ।
‘पार्टी छाडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले भने– ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर मागेका हौं । कहाँ, के भएको रहेछ भनेर विवरण राख्न माग गरिएको हो ।’
कांग्रेसको नवगठित विभागले देखाएको सक्रियतासम्बन्धी यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।