newskoseli.Com

प्रधानमन्त्री र प्रधान न्यायाधीशको निवासकै जग्गा व्यक्तिको नाममा !

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री र प्रधान न्यायाधीशको सरकारी निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधान न्यायाधीश निवासभित्रका २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधान न्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला परेको हो । समितिको प्रतिवेदन अनुसार बालुवाटार र वरपरको १ सय १३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको खबर बलराम बानियाँघनश्याम खड्काको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर