सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत वर्षको जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको थियो नेकपा ।
भ्रातृसंगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा सत्ताधारी पार्टी चलायमान हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग हुने केन्द्रीय नेताहरु बताउँछन् । पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी अधिवेशन लक्षित स्वार्थ हावी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो ।
त्यसैगरी, विपक्षी दल कांग्रेस पनि आन्तरिक विवादमा रुमल्लिएको छ । संसदमा सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप पार्टीभित्रै लागिरहेका बेला नेताहरु भने कलहमै व्यस्त रहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।