newskoseli.Com

ठूलो दुर्घटनाबाट यसरी जोगियो जेट विमान

भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ ।

जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि १ सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर, चालकले बेलैमा चाल पाएकाले दुर्घटना टर्‍यो ।

विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’ बाट घुमाएर पार्किङ स्थलमा लगेका थिए । अपराह्न ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुनः जहाजलाई ‘रनवे’ बाट पार्किङमा फर्काइएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर