सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंक–वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ ।
ललिता निवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० मा व्यक्ति तथा संस्थालाई गैकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिव एक दर्जन बैंक–वित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो ।
सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरुले प्रवाह गरेको कर्जा रकम के हुने भन्न्ने अन्योल देखिएको खबर मातृका दाहालको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।