newskoseli.Com

कुकुरमा चिप्स जडान सकियो, अब गाईको पालो !

राजधानीका गाईवस्तु ट्रयाकिङ गरी व्यवस्थापन गर्नका निम्ति तिनका शरीरमा ‘चिप्स’ जडान कार्य अगाडि बढाइएको छ ।

महानगर क्षेत्रमा छाडा गाईवस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईवस्तुमा ‘चिप्स’ जडान गर्न लागेको हो । गाईवस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईवस्तुमा ‘चिप्स’ जडान गर्न लागिएको कामपाले जनाएको छ । चालू आर्थिक वर्षभित्र सबै गाईवस्तुलाई ट्रयाकिङ गर्न सकिने गरी ‘चिप्स’ जडान गरिसक्ने कामपाको नगर प्रहरी महाशाखाका प्रमुख डीएसपी धनपति सापकोटाले बताए ।

उनले भने– ‘पहिलो चरणमा गाईवस्तुको संख्या यकिन गरी ती गाईवस्तुमा ‘चिप्स’ जडान गर्ने योजना बनाएका छौं, तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ ।’ महानगरका छाडा कुकुरमा ‘चिप्स’ जडान भैसकेको र अब गार्इवस्तुको काम थाल्ने योजना रहेको खबर ईश्वरराज ढकालको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर