newskoseli.Com

गाउँमा बालबालिका नै छैनन्, कि गुम्बाले लान्छ कि चर्चले

गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ– के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्– ‘छन्, तर सहरमा अथवा गुम्बामा अथवा चर्चमा !’

किनभने ‘धर्मगुरु’ हरूले कसको घरमा बच्चा हुर्कंदै छ भन्ने पहिले नै अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन् । गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन् । विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएका छन् ।

मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्रावि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक र क्य्राक प्रावि क्य्राक बन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । विद्यार्थीविहीन भएपछि बिहीस्थित गुम्बा हिमाली प्रावि बन्द भएको थियो । विद्यालय भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो ।

एक वर्ष अघि फेरि प्रारम्भिक बालविकास (ईसीडी) कक्षा सञ्चालन गर्न थालिएको वडाध्यक्ष सोनाम ग्याल्जेनले बताएको खबर शिव उप्रेतीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर