अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था (आईएनजीओ) हरुले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्त्विक उपलब्धि नभएको पाइएको छ ।
२३ देशका ९८ गैरसरकारी संस्थाले नेपालका विभिन्न क्षेत्रमा २३ अर्ब ६ करोड ७४ लाख रुपयाँका कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षक कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ समाज कल्याण परिषदबाट स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्षभित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेस भएको खबर सुम्निमा काफ्लेको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।