newskoseli.Com

भारतीय जेट एयरवेजका कर्मचारीले किन गरे आत्महत्या ?

वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय सैलेशकुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।

पछिल्लो चार महिनामा उनको स्थिति थप खराब भएको थियो । प्रहरीका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छाडेका थिए । उनी अस्पतालमा भर्ना भएका थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । त्यसै दिन दिउँसो चौथो तलाबाट हाम फालेर उनले आत्महत्या गरे ।

सैलेश सिंहका जेठा छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर