पोखरा– ७, मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् ।
बिहे गरेको पाँचौं दिनमा म्याग्दे– १, गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनका पति पोखरा महानगर– ३३ का ३१ वर्षिय सन्दीप कुँवरको निधन भयो । दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ ।
उनको अवस्थामा सुधार आए पनि स्थिति अझै चिन्ताजनक रहेको प्रहरीको भनाइ भएको खबर पवन पौडेलको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।