newskoseli.Com

१२ वैशाख, २०७२ को भूकम्प : सम्पदा पुनर्निर्माणमा मात्रै १२ अर्ब लाग्ने

भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति पर्‍याएका विश्व सम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् ।

विश्वको ध्यान खिँच्न सफल रानीपोखरी भने पुनर्निर्माणको क्रममै रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पनि पुनर्निर्माणको क्रममा नै रहेका छन् । चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो वर्षको अन्त्यसम्ममा र दरबार हाइस्कुल आगामी वर्ष सम्पन्न हुने गरी पुनर्निर्माण भइरहेका छन् । अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर र पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइरहेका छन् ।

विभागले देशैभरका ८ सय ९५ साना–ठूला सम्पदा पुनर्निर्माणका लागि १२ अर्ब ६६ करोड रुपियाँ लाग्ने अनुमान गर्दै अर्थ मन्त्रालयमा बजेट माग गरेको छ । विभागमार्फत हालसम्म १ अर्ब ८५ करोड रुपियाँ बराबरको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको खबर ईश्वरराज ढकालको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर