बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।
अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला बस्न्यातले पर्ती, सरकारी र राजकुलोको जग्गा समेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषदमा पेस गरेको विवरण फेला परेको छ ।
बालुवाटारको करिव १ सय १३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिका नामा दर्ता भइसकेको थियो भने करिव ३५ रोपनी जग्गाको बीच–बीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाई व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटो समेत रहेको खबर बलराम बानियाँको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।