newskoseli.Com

पटक–पटक भाडा समायोजन हुँदा पनि किन निहुँ खोजिरहन्छन् ट्याक्सी व्यवसायी ?

पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने ‘वैज्ञानिक भाडादर समायोजन नभएको’ भन्दै विरोध गर्दै आएका छन् ।

सरकारले पहिलो पटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो । २०६९ सालपछि पनि सार्वजनिक सवारीको दुई पटक भाडा समायोजन भएको छ । तर, ट्याक्सी व्यवसायीले भने विगत दुई महिनादेखि वैज्ञानिक भाडादर समायोजनको माग राखी आ–आफ्ना ट्याक्सीे पछाडि प्ले–कार्ड टाँसिरहेका छन् ।

यातायात व्यवस्था विभागले भने पटक–पटक भाडा समायोजन गरिएको तर ट्याक्सी व्यवसायीहरूले सरकारलाई ‘ब्ल्याकमेलिङ’ गरिरहेको जनाएको छ । ट्याक्सी पछाडि टाँसिएका प्ले–कार्ड ट्राफिक प्रहरीले च्यात्ने काम गरे पनि व्यवसायीले भने राख्न नछाडेको खबर लक्ष्मण दर्नालको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर