newskoseli.Com

सत्ताधारी नेकपा : पोलिटब्युरो भागबन्डामा सहमति, कुन–कुन समूहका को–को ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला एकीकरण टुंगिएलगत्तै पोलिटब्युरो सदस्य चयनमा पनि शीर्ष नेतृत्वबीच सैद्धान्तिक सहमति जुटेको खबर छ ।

नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो । नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ ।

सहमति अनुसार नेकपाको पोलिटब्युरोमा अध्यक्ष प्रचण्ड समूहबाट ४९, ओली समूहबाट ३८, नेपाल समूहबाट ३६, रामबहादुर थापा ‘बादल’ समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना सदस्य चयन हुने भएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर