newskoseli.Com

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को !

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन् राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायतका संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन् ।

तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटक–पटक विवादमा मुछिँदै आएकी छिन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आसनदेखि विलासीपूर्ण सवारी साधन खरिदले राष्ट्रपतिको गरिमा मात्र घटाएको छैन, लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ ।

२ सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले मुलुकको उच्च ओहोदामा पुगे पनि पुरानै संस्कारलाई निरन्तरता दिएका छन् । त्यसको पछिल्लो उदाहरण हो– शुक्रबार संघीय संसदमा पेस भएको सकारको नीति तथा कार्यक्रम ।

विगतमा जस्तै शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरिन् । तर, मुलुकमा राजतन्त्र भएका बेलामा राजाले तत्कालीन प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकै शैलीमा आफूलाई प्रस्तुत गरेर राजतन्त्रको झल्को दिएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर