newskoseli.Com

राष्ट्रियसभाका अध्यक्षको ‘गरिमा’ : चालक र सहयोगीमा आफ्नै नाम, ४ स्वकीय कर्मचारीको तलब आफैं बुझ्दै !

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् ।

तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब–सुविधा बुझ्ने गरेको खुलेको हो । जबकि उनले संसद् सचिवालयबाट समेत बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ तर सचिवालयबाट हरेक महिना निजी सवारी चालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो– ‘अध्यक्षज्यूले चारै जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौं । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’

प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार ३ सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार २ सय ३० रुपैयाँका दरले तलब बुझिरहेका छन् । ४ जनाको कूल तलब मासिक ६९ हजार १ सय ४० रुपैयाँ भएको खबर कृष्ण कट्टेलको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर