तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा चलेको दसवर्षे सशस्त्र जनयुद्धमा सँगै रहेका दुई मित्र उतिबेलै अलग भए । एक मित्र प्रधानमन्त्री भए भने अर्का उपप्रधानमन्त्रीसम्म भए ।
तत्कालीन नेकपा (माओवादी) बाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराईले पनि संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे । नयाँ शक्ति पार्टी गठन गरेका उनी ‘वैकल्पिक शक्ति निर्माण’ को अभियानमा जुटे । माओवादी जनयुद्धकालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको भने तयतिबेला राष्ट्रिय राजनीतिमा कमै मात्र चर्चा भयो ।
तर, २०५४ मै माओवादी परित्याग गरी मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिन थाल्यो । उनै दुई मित्र आ–आफ्ना पार्टी विघटन गरेर राजधानीमा सोमबार नयाँ राजनीतिक पार्टीको गठनसँगै फेरि मिल्ने भएको खबर सुभाष साहको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।