newskoseli.Com

स्वास्थ्यचौकीको यो हालत : बिरामी सुत्ने ओछ्यानमा कुकुरको बास !

स्वास्थ्यचौकी जस्तो संवेशनशील स्थानमा समेत मान्छे नै छैनन् बरु सिंगै स्वास्थ्यचौको ‘रेखदेख’ कुकुरले गर्छ भन्दा जो–कसैलाई पनि अचम्म लाग्न सक्छ । तर, पर्साको धोबिनी गाउँपालिका– १ मा रहेको पिपरा घोडदौड स्वास्थ्य चौकीमा भने कुकरको बास हुने गरेको छ ।

स्थास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न बहाना बनाएर स्वास्थ्य चौकीमा उपस्थित नभएपछि सेवाग्राही समेत मारमा परेका छन् । बिरामी सुत्ने ओछ्यानमा कुकुरको बास देखिएको र आफू सेवा लिन आउँदा रित्तै फर्कनु परेको गुनासो स्थानीय सेवाग्राही कृष्णमोहन साहले गरे ।

सो स्वास्थ्य चौकीमा दुई जना अनमी र एक जना नर्सको दरबन्दी रहे पनि उनीहरु विभिन्न बहाना बनाएर गाउँमा सेवा दिन नआएको स्वास्थ्यकर्मी दिनेश साहले बताए । यद्यपि सो स्वास्थ्य चौकीमा एक जना हेल्थ असिन्टन्टको पनि व्यवस्था रहेको स्थानीयले बताएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर