सरकारले बालुवाटारको ‘अतिक्रमित जग्गा’ को दर्ता खारेज गर्ने भएको छ ।
व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।
‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ,’ उनले भनिन्– ‘अब खारेजी प्रक्रिया अघि बढ्छ । १५ दिन कित्ता पत्ता लगाउन लाग्यो, छानबिनका लागि सोमबारसम्म म्याद दिएकी छु ।’
मन्त्री अर्यालले भनिन्–‘१७–१८ कित्ता अझै पत्ता लगाउन बाँकी छ, ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाममा ल्याइन्छ ।’बहुचर्चित बालुवाटार जग्गा प्रकरणको पछिल्लो ‘अपडेट’ सम्बन्धी यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।