newskoseli.Com

प्रहरीको पनि यो हालत : ‘…बल्ल भात पाक्दै छ, सबै मुख मिठ्याएर बसेका छन्’

बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।

प्रहरीका अनुहार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले– ‘दुई छाकपछि भान्सामा भात पाक्दै छ, सबै जना मुख मिठ्याएर बसेका छन् ।’

गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरुले चाउचाउ खाएर रात बिताउनु परेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ ।

अनेक–अनेक विडम्बना देख्नुपर्ने नेपालको अर्को एउटा विडम्बनाबारेको यो खबर वसन्तप्रताप सिंहको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर