सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिदको प्रक्रिया अघि बढएको छ ।
जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिव दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागको हो ।
मन्त्रिपरिषदले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । एक साताभित्र रेल खरिदको सम्झौता हुने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएको खबर निर्दोष घोरसाइनेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।