newskoseli.Com

‘असन्तुष्ट’ दर्जन नेताको बाबुरामलाई ज्ञापन : ‘एकता सम्मानजनक भएन’

संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् ।

पार्टीभित्र छलफल र बहसै नगराई हठात एकता प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूले नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन बुझाउने भएका हुन् । कृषिविज्ञ समेत रहेका नयाँ शक्तिका नेता मदन राईको ढोलाहिटी, ललितपुरस्थित निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापन बुझाउने निष्कर्ष निकालेको जानकारी भेलामा सहभागी एक नेता नारायण तिवारीले दिएका छन् ।

‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ‘५–स’ का एजेन्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन,’ नयाँ शक्तिका केन्द्रीय सदस्य समेत रहेका नेता तिवारीले भने– ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापन बुझाउने निर्णयमा पुगेका छौं ।’

बाबुराम–उपेन्द्र एकताको प्रतिक्रियासम्बन्धी यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर