newskoseli.Com

जेलबाहिरै १ लाख ३२ हजार अपराधी : ७२ वर्ष पुराना फैसला पनि कार्यान्वयनमा आएनन्

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका १ लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसला समेत कार्यान्वयनमा आएका छैनन् ।

मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिका समेत उदासीन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार १ लाख २९ हजार ८ सय ४४ स्वदेशी र १ हजार ९ सय ९५ विदेशी गरी कूल १ लाख ३१ हजार ८ सय ३९ जनालाई जेल पठाउन बाँकी छ ।

यी व्यक्ति ७२ हजार ४ सय ७६ थान मुद्दामा दोषी ठहर भएको निर्देशनालयका निर्देशक यज्ञप्रसाद आचार्यले बताएको खबर सन्तोष भट्टराईको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर