newskoseli.Com

सर्वोच्च अदालत र सरकारी अड्डाहरुबीच लडाइँ : ‘गुठीको जग्गा व्यक्तिलाई दिइँदैन’

व्यक्तिविशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा सर्वोच्च अदालतले व्यक्तिको नाममा गरिदिएको भन्दै त्यसलाई कार्यान्वयन गर्न झापाका सरकारी अड्डाहरुले अस्वीकार गरेका छन् ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन, २०६६ मा विर्तामोड नगरपालिका, झापास्थित विर्ता बजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चार जनाको नाममा जोतभोगको व्यवस्था मिलाउनू भनी फैसला गरेका थिए ।

सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँच पटक ताकेता गर्दा समेत झापाका सबै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारिदिएको खबर टिकाराम नेतीको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर