newskoseli.Com

‘युवतीको मोलमोलाइ’ रोक्न सादा पोसाकका प्रहरी

राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुल्लमखुला रुपमा हुने ‘यौन बार्गेनिङ’ रोक्न महानगरीय प्रहरी परिसर काठमाडौंले अभियान सुरु गरेको छ ।

सार्वजनिक स्थानमा अपाच्य हुने गरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै यस्ता गतिविधि रोक्न परिसरले आइतबारदेखि विशेष अभियान सुरु गरेको हो । यसका निम्ति राजधानीका खास–खास ठाउँमा सादा पोशाकका महिला तथा पुरूष प्रहरी परिचालन गरिएको बताइएको छ ।

मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर