भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् ।
पशुपतिनाथकै नाममा रहेको उपत्यकाकै कम्तिमा २ सय ३१ रोपनी १० आना जग्गा कहिले, कसले खायो– पत्तै छैन । वागमतीदेखि मनोहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका छन् ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको खबर गोपीकृष्ण ढुंगानाको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।