newskoseli.Com

जम्मा २५ रुपैयाँमा पेटभर खाना !

जम्मा २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवाका एक व्यवसायीले २५ रुपैयाँमा पेटभरि खाना खुवाउन थालेका छन् ।

भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी दिवंगत आमा मायादेवीको च्यारिटेबल फाउन्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत सस्तो मूल्यमा खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारदेखि यस्तो मूल्यमा खाना खुवाउन थालिएको छ ।

व्यवसायी रौनियारले निम्न आय भएका वर्गलाई साहाकारी खाना खुवाउने उद्देश्य राखेका छन् । फाउन्डेसनले घुम्ती सेवाबाट विशेष गरी अस्पताल र सरकारी विद्यालय आउने–जाने तथा मजदुरलाई कार्यस्थलमै खाना खुवाउने खबर सलमान खानको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर