गृह मन्त्रालतबाट गायब भएका दुई वटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर, गृहबाटै गायब भएको बा ६ च १०२५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन ।
हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ । गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकताका आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारपियो गाडी उनी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा विनाजानकारी सहसचिव कोइरालाले प्रयोग गरेको पाइएपछि गाडी फिर्ता गर्न गृहले पत्राचार गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।