सरकारले १९ वटा पहाडी जिल्लाको सीडीओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ ।
धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) जिल्ला प्रहरी प्रमुख रहेका छन् ।
हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा उपसचिव सीडीओका रुपमा कार्यरत छन् । त्यसैगरी, २ जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डीएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सीडीओ र ५९ जिल्लामा एसपीलाई खटाउन लागिएको खबर नवराज मैनालीको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।