newskoseli.Com

पशुपति पछाडिको बाटो १३ वर्षपछि बन्द !

सुरूआतदेखि नै विवादित बनेको पशुपति पछाडि जंगलको बीचबाट निर्मित तिलगंगा–ताम्रगंगा सडक सञ्चालमा आएको १३ वर्षपछि बन्द गर्ने गरी पर्खाल लगाउन थालिएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले उक्त सडक बन्द गर्ने निर्णय गरेको हो । आफू मातहत रहेका सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाइएको कोषले बताएको छ ।

२०६३ देखि सञ्चालनमा आएको उक्त सडक पटक–पटक विवादमा पर्दै आएको थियो । यसअघि नै कोषले बन्द गर्न खोज्दा पनि स्थानीयको दबाबले सडक सञ्चालन निरन्तर नै रहे पनि अब भने बन्द गरिने भएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर