तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई सत्तारूढ नेकपा बनेको वर्ष दिन पुगको छ । नितान्त फरक धारका दुई पार्टीको सिंगो संरचनामा भने अझै एकता भइसकेको छैन ।
सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् तर बाँकी काम भने बढी मतभिन्नताका छन् । त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ । एकतालाई पूर्णरुपले टुंग्याउन नेताहरु जोडतोडले लागेको देखिए तापनि अवस्था भने कता–कता अल्झिएको छ ।
२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो । अन्ततः ५६ वर्षपछि (२०७५ जेठ ३ मा) दुई ठूला ‘कम्युनिस्ट’ घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित तुल्याएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।