newskoseli.Com

ओली–नेपाल टक्कर : दोहोरो जिम्मेवारी अस्वीकार, राज्य र पार्टी दुरूपयोगको आरोप

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ ।

सचिवालयमा प्रस्तुत सो प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीलाई कडा टक्कर दिएका छन् । तीन दिनसम्म लगातार सचिवालय बैठक बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ भएको छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूगोलका ७७ वटा जिल्लाका इन्चार्ज र सहइन्चार्जका लागि प्रस्तावित गरेका नाममा नेता नेपालले असहमति जनाएका छन् । ओली र दाहालले बिहीबार बिहान पनि नेपालसँग सहमतिको प्रयास गरेका थिए । छलफलमा ओली र नेपालबीच भनाभनै भएको स्रोतले बतायो । ‘कतिपय साथीहरूले दोहोरो जिम्मेवारी पाइसके– त्यसलाई चाहिँ मान्ने, अहिले हुँदैन भनेर हुन्छ ?’ ओलीले नेपालसँग आक्रोश पोखे ।

नेपालले राज्यसत्ता र पार्टीको स्रोत–साधन प्रयोग गरी गुट चलाउने उद्देश्यका साथ आ–आफ्ना मान्छेलाई जिम्मेवारी दिन खोजिएको आरोप लगाए । ‘कुन मापदण्ड अनुसार प्रस्ताव ल्याउनुभयो, के तपाईंको गुटका मान्छे भए पुग्यो ? गुटलाई बलियो बनाउन राज्य र पार्टी दुवैको स्रोत–साधन दुरुपयोग गर्ने ?’

नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘एकथरी साथीहरू दोहोरो–तेहोरो जिम्मेवारीमा बस्ने, एकथरी साथीहरु खालि हात बस्ने कुरा मिल्दैन ।’ ओली–नेपाल टक्करसम्बन्धी यो खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर